सगरमाथा आरोहणको अन्तिम तयारीमा जुट्न थाले आरोहीहरु ।

सगरमाथाको चौंथो क्याम्प हुदै बाल्कोनीसम्म बाटो खुलेपछि हिलारी स्टेप हुदै चुचुरोसम्म बाटो बनाउन आरोहीहरु प्रयासरत छन् । चौंथो क्याम्प ७ हजार ९ सय ५० मिटरको उचाईसम्म बाटो खुलेपछि उत्साहित हुदै आरोहीहरु चुचुरो चुम्न आधार शिविरबाट उकालो लाग्न थालेका सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत तिलक पाण्डेले बताए ।

बंगालको खाडी हुदै जलबाष्पयुक्त हावा नेपाल भित्रिएकाले यो सिजनमा धेरै समय मौंसम बद्ली नै रह्यो । तर मे ११ तारिख देखि १४ तारिखसम्म मौंसम खुल्ने पुर्वानुमान गरिएको भएपनि त्यस अनुसार मौंसम परिवर्तन नभएका कारण चुचुरोसम्म बाटो बनाउन समस्या भईरहेको र मौंसम खुलेमा भोलीबाट आरोहण शुरु हुने सम्पर्क अधिकृत पाण्डेले बताएका छन ।

प्राय मौंसम सम्बन्धी जानकारी विभिन्न देशहरुबाट लिने गरिएको छ । सोही बमोजिम आरोहण दलहरु तयारीमा लाग्छन् । यस पटक पनि मौंसम सम्बन्धी जानकारी आआफ्नै तवरबाट लिने काम भईरहेको छ भन्छन् अधिकृत पाण्डे ।

यो पटक ३४ आरोहण दलका ३ सय ४६ जनाले सगरमाथा आरोहणका लागी विभागबाट अनुमति लिएका छन् । उनीहरु एक महिनादेखि आधार शिविरमा बसेर तयारी गरिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार