सगरमाथामा बाटो खुल्यो ।

बाटो बनाउदै ८ जना शेर्पा आज दिउसो सगरमाथाको चुचुरोमा पुगेका छन् । विभिन्न कम्पनीका ८ जना शेर्पाहरु डोरी टाग्दै चुचुरोसम्म पुगेका पर्यटन मन्त्रालयका प्रतिनिधी तथा आधारशिविर सम्पर्क अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

त्यहा पुग्नेहरुमा पेम्बाछिरि शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा,  लाक्पादेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ, पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा र दाटुक भोटे रहेका छन् । उनीहरु सगरमाथामा पाईला टेक्दै सन् २०१८ को पहिलो आरोही दल समेत बनेका छन् ।

सगरमाथामा बाटो खुलेसगै अन्य आरोहीहरु समेत विभिन्न क्याम्पहरुमा पुगेका सम्पर्क अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार