पर्यटनबाटै मुलुकको विकास गर्न सकिन्छः मन्त्री अधिकारी

म्याग्दी । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास गर्न सकिने बताउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आईतबारदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ को अवसरमा मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्व तयारीमा जुटेको बताउनुभयो ।
नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिको धनी भएकाले तिनको सम्र्बधन गरी पर्यटक भित्र्याउन सके मुलुकको विकास र समृद्धि सम्भव हुने बताउनुभयो ।
यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्य भएपनि पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा अहिले पर्यटन प्रबद्र्धन हुन नसकेको उल्लेख गर्दै मन्त्री अधिकारीले अब सरकारले त्यसतर्फ ध्यान दिने र पर्यटन विकासमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।
सन् २०२० मा वार्षिक रुपमा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले त्यो संख्या बढाएर २० लाख पर्यटक भित्रेयाउने योजना सहित काम गरिरहेको जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा स्थापित पर्यटक सूचना केन्द्र उद्घाटन गर्दै उहाँले यस केन्द्रले जिल्लामा भित्रने पर्यटकलाई जिल्लाका गन्तव्यको बारेमा सूचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार