बसन्तऋतुमा आरोहणबाट ४१ करोड आम्दानी ।

पर्यटन विभागले आरोहण अनुमती दिएका २८ बटा हिमालहरु मध्ये यस बर्ष पनि सगरमाथाबाट सवैभन्दा बढी राजस्व संकलन भएको छ ।

२८ बटा हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैया संकलन भएकोमा ३६ करोड भन्दा बढी सगरमाथाबाट संकलन भएको विभागका प्रबक्ता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । सगरमाथाबाट मात्रै ३६ करोड १४ लाख ९८ हजार रोयल्टी संकलन  भएको छ । सगरमाथा पछि क्रमश ल्होत्से, कञ्चनजंगा, आमाडव्लम र मनास्लु हिमाल आरोहणबाट बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ ।

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर र नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ ।

यसैबीच सगरमाथामा बाटो खुलेको भोलीपल्ट सोमबार ३९ जनाले सफल आरोहण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार