हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । आरोहणका क्रममा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पाको मृत्यु भएको हो । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ गु्रप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए ।
शेर्पाको शव बुधबार नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडाँै लगी शवपरीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार