कामी रिता शेर्पा २२ पटक सगरमाथामा पुगे ।

२२ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सोलुखुम्बुका कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

आप्पा शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कायम राखेको रेकर्ड उनले तोडेका हुन् । कामी रिताले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन। अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतीक्षामा छन् । उनले २५ औं पटकसम्म सगरमाथाको आरोहण गर्ने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार