१ नम्बर प्रदेशको नाम सगरमाथा राखिदै ।

प्रदेश नम्बर १ को नाम सगरमाथा हुनेमा कुनै शंका नरहेको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभएको छ । विश्व समुदायमाझ परिचित नामलाई कसैले मेटाउन नसक्ने भन्दै प्रदेशका ९३ जना सदस्यहरुमध्ये ७० भन्दा बढी सदस्यहरु सगरमाथा प्रदेश हुनुपर्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित वर्तमान सन्दर्भमा स्थानीय सरकार र पार्टी बीच अन्तर सम्बन्ध बिषयक प्रशिक्षण कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको टुङों असारभित्र लागिसक्ने उल्लेख गर्नुभयो । संघियता कार्यान्वयमा देखिएका समस्या र चुनौंतीलाई अबसरको रुपमा लिदै दिगो योजना निर्माणमा जोड दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

सय दिनमा १२ बटा विद्येक निर्माण भईसकेको समेत बहाले जानकारी गराउनुभयो । विदेयक अन्तरगत जनप्रतिनिधीहरुलाई केही सेवासुविधाको व्यबस्था गरिएको भएपनि त्यो पर्याप्त नभएको भन्दै विकास निर्माणका काम गरी धेरै कमाउने सोच नराख्न समेत बहाले चेतावनी दिनुभयो । राज्यले दिएको सम्मानलाई दुरुपयोग नगर्न भन्दै बहाले प्रदेश नम्बर १ ले नमुना बडा, गाउपालिका र नगरपालिकालाई विशेष प्रोत्साहनको व्यबस्था गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य तथा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जिल्लाको नाङपाका नाका खुलाउने, लुक्लासम्म सडक पुर्याउने र जिल्लाका विभिन्न ग्रामिण सडकहरुको स्तरोन्नतीका विषयमा प्रदेश सरकारसग माग भईरहेको बताउनुभयो । प्रदेश नम्बर १ को नाम सगरमाथा हुनुपर्ने विषयमा निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै जनप्रतिनिधीको हिसावले जिल्लाबासीको माग पुरा गरेरै छोड्ने बचन दिनुभयो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य परशु मेघी गुरुङले स्थानीय सरकार र पार्टी बीचको अन्तरसम्बन्धको बिषयमा छोटो प्रशिक्षण समेत दिनुभएको थियो ।  नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार