सोलु काेरिडोर निर्माणमा ढिलाई, विद्युत खेर जाने अवस्था ।

ठेकेदार छनोट विवादले निर्धारित समयभन्दा २ वर्ष ढिलो काम सुरु भएको १३२ केभी सोलु कोरिडोरको निर्माणले गति लिएको छैन । यही कारण त्यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत खेर जाने सम्भावना बढ्दै गएको छ । अहिले सोलु कोरिडोरमा २१७.५ मेगावाटका ६ आयोजना निर्माण भइरहेका छन् । यीमध्ये ८२ मेगावाटको तल्लो सोलुको अमेरिकी डलरमा विद्युत खरिद सम्झौता भएको छ ।

प्रसारण लाइन समयमा तयार नभए प्राधिकरणले ४५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ । २३.३ मेगावाटको माथिल्लो सोलुको समस्या पनि उही हो । अहिलेसम्म तल्लो सोलु र माथिल्लो सोलुको प्रगति करिब ५० र ८५ प्रतिशत काम पूरा भइसकेको छ । प्रसारण लाइन पूरा नहुँदै आयोजनाको काम पूरा हुने देखिएको छ । समयमै काम पूरा नभए प्रसारण लाइनको क्षतिपूर्ति ठेकेदारबाट भराउने भन्दै नेपाल विद्युत प्राधिकरणले तोकिएको समयभित्र सोलु करिडोरको काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।

सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन र प्रसारण लाइनको स्थलगत अवलोकन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमै काम पूरा गर्न ताकेता गर्नुभयो । प्रसारण लाइन निर्माणमा ढिलाई भएकाले सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत खेर जाने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिनुभएको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियत ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चसम्म सक्ने लक्ष्य छ । तिङ्ला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारण लाइनमा ३०३ टार निर्माण गर्नुपर्छ । हालसम्म ५० टावरको जग हालिएको छ भने ५ वटा खडा गरिएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताउनुभयो ।

६ महिनाभित्र सोलुमा राष्ट्रिय ग्रिड प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने बाचा गरेको छ । सोलुमा अहिलेसम्म केन्द्रीय लाइन पुगेको छैन । ६ महिनाभित्र लाइन पुर्याउने गरी काम भइरहेको जनाइएको छ । अहिले ओखलढुंगासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ । प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारण लाइन निर्माण गर्दैछ । सल्लेरी च्याल्सा माइक्रो हाइड्रोले सल्लेरीमा विद्युत आपूर्ति गरिरहेको छ । उर्जा खबर डटकम

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार