सगरमाथामा जापानी आरोहीको मृत्यु

एक जापानी आरोहीको सगरमाथा आरोहणको क्रममा मृत्यु भएको छ। सात पटक सगरमाथा आरोहणको असफल प्रयास गरिसकेका जापानी नागरिक कुरिकी नोबुकाजु सोमबार बिहान क्याम्प २ मा मृत फेला परेका हुन्।

टेन्टमा सुतेको बेला उनको मृत्यु भएको बताइएको छ। ३६ वर्षे कुरिकीले यसअघिका असफल प्रयासमा हातको नौ औँला गुमाइसकेका थिए।

यो सिजनमा सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या २ पुगेको छ। गतसाता मेसेडोनियाका एक व्यक्तिको मृत्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार