चिनियाँ भाषामा भिडियो सार्वजनिक ।

नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय क्षेत्रको प्रचारका लागि ७ प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको प्रवर्धनात्मक भिडियो चिनियाँ भाषामा सार्वजनिक गरेको छ।

भिडियो र वेबसाइट सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले चिनियाँ भाषामा वेबसाइट सञ्चालन गर्नाले नेपालमा आउँने चिनिया पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यो वर्षको तीन महिनाको अवधिमा ४० हजार ९ सय ७६ जना चिनिया पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष यही समयावधिमा चीनबाट ३२ हजार ७ सय ८२ पर्यटक भित्रिएको थियो । विगतको तुलनामा यो वर्ष चिनीया पर्यटक भित्रिनेको संख्या भने ८ हजार एक सय ९४ ले बढी हो । यो संख्यालाई थप वृद्धि गर्न वेबसाइट सञ्चालनमा ल्याइएको पर्यटन मन्त्री अधिकारीले बताउनुभयो । बहाले २०२० सम्ममा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नका लागि चिनिया पर्यटकको संख्यामा वृद्धि हुन जरुरी रहेको उल्लेख गर्नुभयो । चिनिया पर्यटकको संख्या वृद्धि गराउँनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बहाले नेपालका लागि चिनीया राजदुत यु होङलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा राजदुत यु होङले नेपाल पर्यटन बोर्डको चिनियाँ वेबसाइट समयमा अपडेट गराउन आग्रह गर्दै यो वेबसाइट सञ्चालनमा आउनु पर्यटन क्षेत्रलाई प्रवर्धदन गर्नका लागि एउटा मुख्य उपलब्धि रहेको बताउनुभयो ।

चिनियाँ भाषामा पर्यटन प्रवर्दधन सामग्री अभाव भइरहेको अवस्थामा बोर्डले वेबसाइट सार्वजनिक गरेको हो । नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाइ यसले सातै प्रदेशका मुख्य पर्यटकीय गन्तव्यको सूचना दिनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार