पहिलो शेर्पा महिला पत्रकारले सगरमाथा चुमिन ।

सोलुदुधकुण्ड नगरपालिका २ सालावेशीका डोमा शेर्पाले आज विहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ । पहिलो महिला शेर्पा पत्रकारका रुपमा आरोहण अभियानमा लाग्नुभएका शेर्पाले आज विहान करिव ५ बजे सगरमाथाको शिखर चुम्न सफल हुनुभएको बहाका दाई सोनाम शेर्पाले बताउनुभयो ।

आरोहणका लागी यस अघि क्याम्प ४ सम्म पुगेर फर्किनु भएको  थियो ।  बहालाई क्याम्प ४ मा पुगेपछि फुड पोईजनिङ भएर डाईरिया भएको बताईएको छ । आधारशिविरमा ओर्लिएर एक दिनको विश्रामपछि पुन आरोहणमा गएकी शेर्पाले त्यसपछि मात्रै सफलता पाउनुभएको थियो ।

दशकदेखि मातृभाषा र नेपाली भाषाको पत्रकारितामा संलग्न शेर्पाले हिमाली भेगमा बसोबास गर्ने आवाजविहीनहरुको आवाज आमसञ्चार माध्यम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, पर्वतीय पर्यटनबारे पत्रकारिता क्षेत्रको चासो अभिवृद्धि गराउने, पर्वतीय पर्यटनमा महिलाहरुलाई हौसला प्रदान गर्ने लगायतका सन्देशहरु सर्वोच्च शिखरमा पुर्याउनुभएको छ ।

आरोहण अघि मंसिरको तेश्रो साता ६ हजार १ सय ८९ मिटरको आइसल्याण्ड पिक समेत आरोहण गर्नुभएको थियो । शेर्पा भोली मात्र आधारशिविरमा आईपुग्नुहुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार