त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले सय दिने कार्यक्रममार्फत् हवाइै ट्राफिक चाप न्युन गर्न विमानस्थल सञ्चालन अवधि बढाउन निर्देशन दिएअनुसार विमानस्थल सञ्चालन अवधि ३ घन्टा थप भएको हो।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ६ देखि राती १२ बजेसम्म सञ्चालन भइरहेको थियो । अब विहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म भएको छ। विमानस्थल सञ्चालन अवधि थप हुँदा विमानस्थल अन्तर्गत काम गर्ने विभाग र अरु मन्त्रालयसँग सम्बन्धित कार्यालयमा जनशक्ति थप गर्न प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताउनुभयो ।

‘२१ घण्टा विमास्थल सञ्चालनमा आएसँगै विमानस्थलबाट बाहिरिने यात्रुको सामान एक्सरे मेसिनबाट दुई पटक जाच गर्न सुरु भएको छ,’ २१ घन्टा सेवा सञ्चालन सुरू गर्दै मन्त्री अधिकारीले भन्नुभयो ।

विमानस्थल २१ घण्टा विमास्थल सञ्चालनमा ल्याउने निर्णय भएसँगै कतार एयरलाइन्स र कुबेदको वातानिया एयरलाइन्सले राती १२ देखि बिहान ३ बजेको समयमा उडानका लागि समय मागेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार