सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि खेलकुद क्षेत्रमा कुल २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको बजेटमा यो रकम छुट्याइएको हो ।
नेपालमै आयोजना हुने आगामी १३औं दक्षिण एसियाली खेलकुद र राष्ट्रिय प्रतियोगितासमेतलाई गरी युवा तथा खेलकुद मन्त्रालयलाई कुल २ अर्ब ४ करोडको बजेट विनियोजन गरिएको हो ।
मन्त्री खतिवडाले सबै प्रदेशमा कम्तीमा एउटा रंगशाला निर्माण गर्नेगरी बजेट विनियोजन गरिएको बताए ।
यस्तै, स्थानीय तहसँगको सहकार्यमा सम्भाव्यता हेरी प्रत्येक स्थानीय तहमा खेलमैदान, युवा क्लब र विचरण पार्क निर्माण गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।