सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो


सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाईला राख्ने तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले मे २९ का दिन सगरमाथामा पाईला राखेको दिनको स्मरणमा सरगमाथा दिवस मनाइदैं आइएको छ ।


एघारौं सगरमाथा दिवसको अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)ले सगरमाथा आरोहीहरुको सम्मान गर्दै मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी पर्यटनमन्त्री रविन्द्र अधिकारीले आरोहीहरुलाई सम्मान गर्नुभएको थियो ।
यसैगरी ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पनि सगमाथा दिवस तथा टानको स्थापना दिवसको अवसरमा साईकल ¥यालीको आयोजना ग¥यो । टानले आफ्नो स्थापना दिवस तथा ११ औं सगरमाथा दिवसको अवसरमा हिमाल आरोहणमा ज्यान गुमाउनुहुने आरोहीहरुको सम्झनामा टान सचिवालयमा दिप प्रज्वलन गरेको थियो । टान वार्षिक उत्सवको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो ।
सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउदैं आएको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार