फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीको पहल

पर्यटकीय संभावना बोकेको पर्वतको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयवासीले पहल शुरु गरेका छन् । जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडाबाट हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य देख्न सकिन्छ । उनीहरुले फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् ।
समुद्री सतहदेखि दुई हजार चारसय १५ मिटरको उचाईमा अवस्थित फलामेडाँडाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।
गाउँपालिकाको ५० हजार रुपैंयाँ सहयोगमा यस वर्ष ५४ मिटर ढुङ्गे सिढीसहितको पदमार्ग निर्माण गरेका स्थानीयले फलामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना रहेको बताए ।
पदमार्ग निर्माणका लागि लोप्रेका ६५ घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए । भ्यू टावर, होटल तथा लज सञ्चालनका साथै सडकको स्तरोन्नतिका लागि पहल भइरहेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार