न्यूयोर्क र बैंककमा गणतन्त्र र सगरमाथा दिवस


हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस र सगरमाथा दिवस न्यूयोर्क र बैंककमा पनि मनाइएको छ । दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरि मनाइएको हो ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोक स्थित नेपाल िमहावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।
उक्त कार्यक्रममा न्यूयोक स्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका नेपालीको सहभागिता रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र अमेरिका–नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा आयोजित तस्वीर प्रदर्शनीमा सगरमाथा र आसपासका हिमालका ३० वटा मनोरम दृश्य कैद गरिएको तस्वीर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १८ गतेसम्म जारी रहने छ ।
यसैगरी, बैंककस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गर्नाका साथै वृत्तचित्र प्रदर्शनी गरेको जनाएको छ ।
कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र थाइल्याण्डका पर्वतारोही, सगरमाथा आरोहण गरेका थाई नागरिक, त्यहाँका सञ्चारकर्मी र पर्यटन व्यवसायीको उल्लेख्य उपस्थितिमा गणतन्त्र तथा सगरमाथा दिवस आयोजना गरी मनाइएको बैंककस्थित नेपाली दूतावासले विहीबार जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार