विश्व वातावरण दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइयो


विश्व वातावरण दिवसको अवसरमा देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसका अवसरमा वन तथा वतावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वषभित्रमा काठमाडाँैलगायत प्रमुख शहरमा वातावरण क्षेत्रमा उल्लेख्य सुधार आउने दाबी गर्नुभयो ।
विश्व वातारण दिवसका अवसरमा सामुदायिक वन अभियान्ता नीलप्रसाद भण्डारीद्वारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तकको सार्वजानिक गर्नुहुदैं मन्त्री बस्नेतले वातावरण क्षेत्रलाई प्रदूषण गर्ने प्रमुख कारक तत्व यातायातका साधनबाट निस्कने धुँवालाई सरकारले नियन्त्रण गर्न शुरु गरेको जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले वन संरक्षणमा सामुदायिक वनको अवधारणाले सफलता प्राप्त गर्दै आएको चर्चा गर्नुहुँदैं विमोचित पुस्तकले सामुदायिक वनको विकासक्रमबारे जानकारी दिने वताउनुभयो ।


दिवसका अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । दिवसको अवसरमा एनएमएले ककनीमा बृक्षारोपण कार्यक्रम गरेको छ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबीर लामा, सचिव टिकाराम गुरुङ लगाइत दर्जनौ पर्यटन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
टानले पनि विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथमा मंगलबार सरसफाइ गरेको छ । काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न पर्यटन व्यवसायी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतले उक्त क्षेत्रको सरसफाइ गरेका हुन् ।
सरसफाई कार्यक्रमको उद्घाटन गर्नुहुँदैं नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जलवायु परिवर्तनको नकारात्मक प्रभावले वातावरणमा असर पारेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने भएकाले त्यस क्षेत्रमा सधैँ सफा बनाउनुपर्ने वडाअध्यक्ष ईश्वरमान डंगोलल बताउनुभयो ।
कार्यक्रम संयोजक पिके शेर्पाले प्रत्येक वर्ष जुन ५ मा पर्ने विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण पर्यटकीय सम्पदास्थलमा सरसफाइ गरिएको जानकारी दिनुभयो । विश्व वातावरण दिवस विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार