पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः मुख्यमन्त्री गुरुङ


पोखरा । पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधार भएको मुख्यमन्त्री गुरुङ पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । प्रदेश नं ४ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि उद्योग, उद्यमशीलता विकास तथा लघु उद्यम विकास मोडेलसम्बन्धी अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्नुहुँदैं मुख्यमन्त्री गुरुङले लघु उद्यमको माध्यबाट रोजगारको सिर्जना गर्नु अपरिहार्य भएको बताउनुभयो ।
प्रदेशको नीति तथा कार्यक्रममा मुस्ताङ, मनाङ र पोखराका आसपासमा लगभग ३०० घरवास कार्यक्रम सञ्चालन गरिने योजना रहेको बताउँदै उहाँले प्राथमिकताका आधारमा एक वर्षमा ५० हजार रोजगार र एक लाख स्वरोजगार जनशक्ति तयार गर्ने उल्लेख गर्नुभयो ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्यमी संगठित भएर बजारमा प्रतिष्पर्धा गर्नुपर्ने बताउँदै त्यस्ता कार्यक्रममा प्रादेशिक सरकारको महत्वपूर्ण सहयोग रहने बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडाले लघु उद्यम विकास कार्यक्रमलाई गरिबी न्यूनीकरणमा जोडिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशमा लघु उद्यमबाट उत्पादित सामग्री पनि प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार