दिवङ्गत ३३ पदयात्रीका परिवारलाई राहत रकम वितरण


नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को सकृयातामा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) शुल्क राहत रकम वितरण गरेको छ । पर्यटन क्षेत्रमा अहोरात्र खटिदां विभिन्न समयमा ज्यान गुमानुभएकाको परिवारलाई राहत रकमको चेक प्रदान गरिएको हो । हिमाली क्षेत्रमा पदयात्राका क्रममा ज्यान गुमाउनुभएका ३३ जना पदयात्रीका परिवारलाई राहत रकमको चेक हस्तान्तरण गरीएको थियो ।


कार्यक्रममा दिवङ्गत हुनुभएका पदयात्रीको नाममा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरीएको थियो । दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदैं नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल प्राकृतिक र पर्यटकीय रुपमा सुन्दर देश भएको र यहाँको सुन्दर क्षेत्रमा सुन्दर छवि बनाउन पर्यटन क्षेत्रमा संगै हिड्ने पदयात्री तथा पर्यटन क्षेत्रमा आवद्ध पर्यटन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज हामीले ती पदयात्रामा ज्यान गुमाउनुभएकाका परिवारलाई सानो सहयोग होस भनेर यो कार्यक्रम गरेका हौं ।’
नेपाल पर्यटन बोर्डका कृष्ण अर्यालले टिम्स शुल्कका विषयमा भएका र देखिएका समस्याहरुमा टान र पर्यटन बोर्ड दुवैको कमजोरी औल्याउनुभयो ।


पर्यटन बोर्डका सदस्य तथा टानका पूर्व अध्यक्ष दिपक महतले टिम्स र यसबाट प्राप्त शुल्क नेपालका पर्यटन र पर्यटनमा आवद्धता भएकाहरुका लागि खर्च गर्ने हो भन्ने प्रमाण आजको राहत हसतान्तरण कार्यक्रम भएको बताउनुभयो । ‘उहाँले भन्नुभयो, अन्य टिम्सको नामबाट हुनुपर्ने कुराहरु क्रमागत रुपमा हुँदै जानेछ ।
टानका पदाधिकारी तथा सदस्यहरुले दिवङ्गतका परिवारलाई राहत रकम वितरण गर्न पाउँदा खुशी बताए । राहत रकम वितरण कार्यक्रम नेपाल पर्यटन बोर्ड तथा टानको संकृयतामा आयोजना गरीएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार