हङकङमा नेपाली पर्यटनबारे चर्चा


गन्तब्यबारे पर्याप्त जानकारी नहुँदा नेपालको भ्रमण गर्न चाहने विदेशी पर्यटकहरु अन्योलमा हुने गर्छन् । त्यस्ता अन्योल हटाउने उदेश्यले हङकङेली र अन्य बिदेशी पर्यटकहरुलाई लक्षित गरी हङकङमा नेपालको पर्यटकीय गन्तब्यका बारेमा प्रचार गरिएको छ ।


हङकङमा जारी ईन्टरनेसनल ट्राभल एक्सपो २०१८ मा नेपालका चार ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुले नेपाली पर्यटनको प्रबद्र्धन गरीरहेका छन् । नेपाल पर्यटन बोर्डको संयोजन तथा नेपाल एयरलाइन्सको सहयोगमा नेपालका चार ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुले ईन्टरनेसनल ट्राभल एक्सपोमा सहभागीता जनाएका हुन् ।


एक्सपोमा नेपालका ट्राभल लाइट प्रा.लि., ट्रेकर्स नेपाल प्रा.लि., साथी नेपाल प्रा. लि. र सिनिक नेपाल एड्भेन्चरले सहभागी जनाएका छन् । गत बिहिबारबाट सुरु भएको एक्सपो आइतबारसम्म चल्ने छ ।


एक्सपोमा सहभागी गुरुङ (तमू) पर्यटन ब्यवसायी संघकी अध्यक्ष कमला गुरुङले एक्सपोमा नेपालको प्रयास सफल भएको बताउनुभयो । ‘नेपाल भ्रमण गर्न चाहने पर्यटक धेरै भेट्यौं । उहाँहरुलाई नेपालको पर्यटकीय स्थलका बारेमा धेरै भन्दा धेरै जानकारी दिन सफल भयौं’, उहाले भन्नुभयो, ‘एक्सपोमा सहभागी भएर नेपाली पर्यटनको प्रबद्र्धन गर्ने र आगामी बर्षमा विदेशी पर्यटकको आगमन बढाउने हाम्रो प्रयास सफल भएको अनुभव गरेको छु ।’ एक्सपोमा २८ देशका ट्रेकिङ सम्बद्ध संस्थाहरुको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार