प्यालदोर आधार शिविर जाने पदमार्ग निर्माण शुरु


धादिङ जिल्लाको पर्यटकीय क्षेत्र प्यालदोर आधार शिविर जाने पदमार्ग निर्माण कार्य शुरु भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा विनियोजित रकमबाट पदमार्ग निर्माण हुन लागेको हो ।
एनएमएद्वारा विनियोजित १० लाख रुपैंयाँमा पदमार्ग निर्माण हुन लागेको एनएमएका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो ।
पदमार्ग निर्माण भएपछि पर्यटकको आगमनमा बृद्धि हुनुको साथै गन्तब्यमा पुग्न सहज हुने एनएमए गणेश हिमाल शाखा धादिङका महासचिव चन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ‘पदमार्ग निर्माणले आरोहणका लागि जाने आन्तरिक तथा वाह्य पर्यटकलाई फाईदा पुग्नुका साथै स्थानीयलाई पनि फाईदा पुग्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार