पर्वतारोहणसम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्न एनएमएको तालीम


पर्यटकलाई नेपालबारे प्रसस्तै जानकारी गराउन र सुरक्षित यात्रा गराउने मुख्य जिम्मेवारी ट्रेकिङ गाइडको हुन्छ । पर्यटन क्षेत्रमा सबैभन्दा दरिलो खम्बा भएर हर क्षेत्र, हर मौसम अनि हर अप्ठ्याराहरुलाई चूनौति दिदैं पर्यटकलाई गन्तब्यसम्म पु¥याउन यिनै गाइडहरु सबैभन्दा अघि हुन्छन् ।
यस्ता गाइडहरुलाई दक्ष बनाउन र भरपूर सिप प्रदान गर्न विभिन्न संस्थाले तालिम प्रदान गर्दै आएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले यसै साता पर्वतारोहण सम्बन्धित बिभिन्न चार शीर्षकमा ८५ जनालाई प्रशिक्षण दिई दक्ष बनाएको छ । एनएमएले माउन्टेन लिडर कोर्ष–विन्टर कम्पोनेन्टमा १० जना, माउन्टेन लिडर कोर्ष कम्पोनेन्ट ११ मा १५ जना, हाई माउन्टेन रेस्क्यू टे«निङमा १५ जना र बेसिक माउन्टेनियरिङ कोर्षमा ४५ जनालाई प्रशिक्षण दिएको हो ।


विभिन्न चरणमा दिइएको यस्ता तालिमले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै दुर्घटना न्युनिकरण कम गर्न पनि मद्धत पुगेको तालिम संयोजक तुल्सी गुरुङले बताउनुभयो । ‘पर्यटकले सुरक्षा र दक्ष जनशक्ति खोज्छन । त्यसलाई नै मध्यनजर गरी तालिमको आयोजना गरेका हौं’, गुरुङले भन्नुभयो, ‘यो तालिमले सहभागीहरुलाई आरोहणका लागि आवश्यक सुरक्षा ज्ञान, मौसम, वातावरण, जोखिम व्यवस्थापन लगायत थुप्रै ज्ञान प्रदान गर्दछ ।’
सहभागीहरुले समेत तालीम निक्कै फलदायी भएको बताएका छन् । तालीम पश्चात सक्षम गाइड बन्नका लागि आवश्यक ज्ञान प्राप्त गरेको तालिमका सहभागी विकास तामाङले बताउनुभयो ।


आफ्नै गाउँठाउँमा पर्यटकीय संभावना बोकेका धेरै ठाउँहरु भएपनि तीनको प्रबद्र्धन हुन नसक्दा पर्यटक पुग्न नसकेकाले आफुले ट्रेकिङ गाइड तालिम लिएको बझाङकी सरस्वती थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो जस्तो पिछडिएको क्षेत्र र पिछडिएको वर्गलाई अवसर दिनुपर्छ, म यो तालिम सकिएपछि आफ्नै क्षेत्रको साइपाल हिमाल आरोहणको तयारीमा लाग्नेछु ।’


एनएमएले ती प्रशिक्षणमा सहभागीहरुलाई शुक्रबार काठमाडौंमा आयोजति एक कार्यक्रममाबिच प्रमाण पत्र प्रदान गरेको छ । सो अवसरमा एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतारोहणका लागि सिप अपरिहार्य रहेकाले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनुका साथै दुर्घटना न्यूनिकरण हुँदैं गएको उल्लेख गर्नुभयो ।
सहभागीहरुलाई एनएमएका अध्यक्ष लामा, महासचिव कुलहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, निवर्तमान अध्यक्ष आङ छिरिङ शेर्पा लगायतले प्रमाणपत्र प्रदान गर्नुकासाथै खदा लगाई सम्मान गर्नुभएको थियो । तालिम सोलुखुम्बु, काठमाडौं, मनाङ, लाङटाङ, गोर्खा लगायतका क्षेत्रमा सञ्चालन भएको महासचिव गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार