ब्राजिल समूह र्इ को शीर्ष स्थान, सर्विया स्विट्जरल्याण्डसग २-० ले पराजित ।

नेमार र फिलिप्पे कौटिन्होले कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिललार्इ जित दिलाएका छन् ।

निर्धारित समयमा कोस्टारिकाले ब्राजिललार्इ गोर रहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो  मिनेटमा कौटिन्हो र ८ औं मिनेटमा नेमारले गोल गरेका हुन् । गाब्रिअल जिससको पासमा कौटिन्होले गोल गरेका थिए । यसअघि ब्राजिलले स्विट्जरल्याण्ड विरुद्ध १-१ को बराबरी खेल्दा कौटिन्होले नै गोल गरेका थिए।

डाउग्लास कोस्टाले उपलब्ध गराएको पासमा नेमारले गोल गरेका हुन् । योसँगै ब्राजिलको इतिहासमा सर्बाधिक गोल गर्ने खेलाडीको सुचीमा नेमार तेस्रो स्थानमा पुगेका छन् । उनले ब्राजिलका लागि ५६ गोल पूरा गरेका हुन् । उनी अघि पेलेले ७७ र रोनाल्डोले ६२ गोल गरेका छन् ।

जितसँगै ब्राजिल समूह र्इ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ को नजिक पुगेको छ। कोस्टारिका भने विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ ।

यस्तै गयराती भएको अर्को खेलमा स्विट्जरल्याण्ड विजयी भएका छन् । सर्बियामाथि २-० को जित निकाल्दै स्विट्जरल्याण्डले अन्तिम १६ मा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

खेलको मध्य भागबाट बलअघि बढाउदैँ साकिरीले विपक्षी डिफेन्डरलार्इ छलाउँदै एकल प्रयासमा निर्णायक गोल गरेका थिए ।

जितसँगै समूह र्इमा स्विट्जरल्याण्डको ४ अंक भएको छ । समान अंक भएपनि गोलअन्तरको आधारमा उ दोस्रो स्थानमा छ।

अब अन्तिम खेलमा सर्बिया ब्राजिलसँग पराजित भएमा र स्विट्जरल्याण्डले अन्तिम खेलमा कोस्टारिकाविरुद्ध बराबरीको नतिजा मात्रै निकाले पनि स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार