बेल्जियमले रच्यो इतिहास, जर्मनीको खतरा अझै टरेन् ।

ट्युनिसियालार्इ ५-२ को सानदार जितसँगै बेल्जियम अन्तिम १६ को नजिक पुगेको छ। विश्वकप अन्तर्गत शनिबार साझ सम्पन्न समूह जीको खेलमा रामेलु लुकाकु र इडन हाजार्डले दोहोरो गोल गरेका थिए।  हाजार्डसँगै मिकि बात्सुयीले बेल्जियमका लागि थप गोल गरेका थिए । ट्युनिसिाका डेलन ब्रोन र वाहबी खाज्रीले १-१ गोल गरे।

पहिलो हाफमा ३-१ को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप दुर्इ गोल थपेको हो। खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो। बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो।

खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ – ० को अग्रता दिलाए। खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २ – १ मा ल्याएका छन्। तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३ – १ को अग्रता दिलाए।

खेलको दोस्रो हाफको ५१ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४ – १ को अग्रता दिलाएका थिए। बात्युयीले ९०अौं मिनेटमा बेल्जियमका लागि र खाज्रीले इञ्जुरी समयमा गोल गरेपछि खेल ५-२ को गोलअन्तरमा सकिएको हो।

नतिजासँगै बेल्जियमले विश्वकपमा सबैभन्दा ठूलो जित हात पार्ने इतिहास रचेको छ। विश्वकपको एउटा खेलमा ५ गोल गरेको बेल्जियमले यो पहिलो पटक हो। यसअघि उसले १९८६ मा सोभियत युनिएन ४-३ गोलअन्तरले पराजित गरेको थियो।

यस्तै २०१४ को विश्वकपको जर्मनी भर्सेस ब्राजिलबीचको खेलपछि एउटै खेलमा दुर्इ खेलाडीले दोहोरो गोल गरेको विश्वकपमा यो पहिलो पटक हो। उसबेला जर्मनीका टोनी क्रुज र अान्द्रे स्किरले दोहोरो गोल गरेका थिए।

डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेनलार्इ २-१ गोलअन्तरले पराजित गर्दै सन् १९६२ पछि लगातार उपाधि जित्ने सपना जीवितै राखेको छ। ब्राजिलले १९५८ र १९६२ मा लगातार विश्वकप जित्दै इतिहास रचेको थियो। तर, २०१४ को विश्वकप विजेता टोली जर्मनी ५६ वर्षअघिको इतिहास दोहोर्याउने लक्ष्यसहित यसपटकको विश्वकपमा सहभागी भएपनि सुरुवाती खेलमै मेक्सिकोसँग पराजित भएको थियो।

यसजितसँगै जर्मनी दोस्रो चरणको नजिक पुगेको छ। तर, खतरा भने अझै टरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार