मित्रता समाज नेपालद्धारा सोलुखुम्बुका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण

मित्रता समाज नेपालले सोलुखुम्बुका दुई विद्यालयलाई शैक्षिक सामाग्री र विद्यालय पोसाक सहयोग गरेको छ ।

मञ्जुश्री आधारभुत विद्यालय लुरा र फलामखानी आधारभुत विद्यालय तामाखानीका विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण गरेको समाजका संयोजक निमा दोर्जी तामाङले बताउनुभयो ।

समाजले न्युन आर्थिक अबस्था भएका जेहेन्दार बालबालिकाहरुको शैक्षिक विकासमा टेवा पुर्याउने उद्धेश्यले सन २०१५ देखि यस्तो सहयोग गरिरहेको बताएको छ । सहयोग पाएपछि विद्यार्थी अभिभावक तथा शिक्षकहरु खुसी भएका छन् । यस्तो सहयोगले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा थप मद्धत पुग्ने भन्दै विद्यालय परिवारले समाजलाई धन्याद समेत दिएका छन् ।

मित्रता समाज नेपालले शैक्षिक तथा पुर्वधार निर्माणमा विशेष सहयोग गर्दै आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार