मगर पर्यटन समाजले पर्यटन व्यवसायीलाई एक हप्ते तालिम दिने


काठमाडौ । नेपाल मगर पर्यटन समाजले आधारभूत व्यवसायिक तालिम दिने भएको छ । पर्यटन व्यवसायीलाई दिइने एक साताको तालिमका अवसरमा ट्रेकिङ गाईड(पर्थप्रदर्शक)हरुका लागि फोटोग्राफी तालिम पनि दिइने समाजका महासचिव जीवन थापामगरले जानकारी दिनुभयो ।
असार २४ गतेदेखि शुरु हुने तालिममा सहभागी हुन प्रतिब्यक्ति २ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्ने समाजले जनाएको छ ।
काठमाडौंको ठमेलमा सञ्चालन गरिने तालिम समाजका वरिष्ठ सल्लाहकार एवं ताहाचल क्याम्पसका पूर्व प्राध्यापक एवं पर्यटन व्यवसायी महेन्द्रध्वज रानामगर र फोटोग्राफीसम्बन्धी युवा फोटोग्राफर विश्वास पुनले प्रशिक्षण दिनुहुनेछ । समाजले अर्को महिनामा टिकेटिङ सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार