मेक्सिकोलार्इ पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा, बेल्जियमद्धारा ब्राजिलसँगको भेट पक्का ।

जापानविरुद्ध २–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा पुनरागमन गर्दै बेल्जियम उत्कृष्ट जित सहित क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको विश्वकपको नकआउट चरणको खेलमा बेल्जियमले जापानलाई इञ्जुरी समयमा ३–२ गोलअन्तरले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो ।

बेल्जियम २–० ले पछि परेपछि जान भरटुङ्गाले ६५ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ७४ औं मिनेटमा मोराउनी फिलानीले बराबरी गोल फर्काए। यस्तै ९४ औं मिनेटमा नासिर चादलीले निर्णायक गोल गरेका थिए।

त्यसअघि ४८ औं मिनेटमा गन्की हारागुचीले जापानलाई सुरुवाती अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा ताकासी इन्युले दोस्रो गोल गरेपनि जापानले अग्रता जोगाउन सकेन् ।

१९६६ पछि विश्वकपको नकआउट चरणमा दुई वा सो भन्दा बढी गोलले पछाडी परेपनि पुनरागन जित हात पार्ने बेल्जियम पहिलो टोली बनेको छ । जापानको पराजयसँगै विश्वकपमा एसियाली टोलीको प्रतिनिधित्व सकिएको छ।

यस्तै विश्वकपको नकआउट चरणमा मेक्सिकोलार्इ पराजित गर्दै ब्राजिल  क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार साँझ सम्पनन खेलमा ब्राजिलले मेक्सिकोलार्इ २-० गोलअन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा नेमार र रोबार्टो फर्मिनोको १-१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि ब्राजिलले दोस्रो हाफमा नै दुर्इ गोल गरेको थियो । खेलको ५० ‌औं मिनेटमा नेमारले गोल गर्दै मेक्सिकोविरुद्ध सुरुवाती अग्रता दिलाएका थिए। यस्तै नेमारको पासमा खेलको ८८ औं मिनेटमा फिर्मिनोले दोस्रो गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार