फ्रान्सलाई विश्वकपको उपाधि, फेयर प्ले टिमको उपाधि स्पेनलाई ।

फ्रान्सले दोश्रो पटक विश्वकपको उपाधि उचालेको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।

जितसगै दुर्इ चोटी भन्दा बढी विश्वकप जित्ने फ्रान्स छैटौं राष्ट्र बनेको छ । विश्वकपमा ब्राजिलले सबैभन्दा बढी ५ पटक, जर्मनी र इटालीले  ४-४ पटक र अर्जेन्टिना र उरुग्वेले २-२ पटक विश्वकपको उपाधि हात पारीसकेका छन् ।

मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनल खेलमा फ्रान्सलाई च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १-१ गोल गरे ।

फ्रान्सका लागी एक गोल आत्मघाती उपहार प्राप्त भएको थियो ।  क्रोएशियाका तर्फबाट इभान पेरिसिक र मारियो मान्डजुकिकले एक एक गोल फर्काएका थिए ।

योसँगै विजेता फ्रान्सले विश्वकप उपाधिसँगै २९ मिलियन पाउन्ड पाएको छ भने उपविजेता क्रोएशियाले २१ मिलियन पाउन्डमा चित्त बुझाएको छ।

यस्तै विश्वकपको फाईनल खेलमा पराजित भएपनि क्रोएसियाका खेलाडी लुका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी बने । स्पेसिन क्लव रियाल मड्रिडबाट खेल्दै आएका मिडफिल्डर मोड्रिचले विश्वकपका उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका हुन् ।

विश्वकपका सात खेलमा मोड्रिचले २ गोल गरेका थिए । तर क्रोएसियाको हरेक जितमा मोड्रिचको प्रदर्शन प्रेरणादायी थियो । यो विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका छन् ।

केनले समुह चरणमा ५ तथा राउण्ड अफ सिम्सटिनमा एक गोल गरेका थिए । केनले गरेका ६ मध्ये ३ गोल पेनाल्टी मार्फत थियो ।

यसैगरी फ्रान्सका किलियन एम्बाप्पे विश्वकपका उत्कृष्ट युवा खेलाडी बने । एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेका थिए । यसपटक बेल्जियमका गोलकिपर थियाबु कोर्टुवा उत्कृष्ट बन्दै गोल्डेन ग्लोभ्स जिते भने फेयर प्ले टिमको उपाधि स्पेनले जितेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार