६ सय ३१ स्थानमा बैंकको शाखा विस्तार ।

साउन १ गतेसम्म ६ सय ३१ स्थानमा बैंक शाखा विस्तार भएको छन् । राष्ट्र बैंकले गत आर्थिक बर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा पहुँच पुरयाउने तयारीका साथै बैंकहरूलाई निर्देशन जारी गरेपछि अहिले सो स्थानमा बैकिङ पहुँच पुगेको हो ।

तत्कालै ९१ स्थानमा बैकिङ शाखा पुग्ने तयारीमा रहेको छ । इन्टरनेट तथा बाटो विग्रिएको तथा पहिरोका कारण असारमसान्तमै शाखा खोल्ने तयारी गरेपनि एक सय नौ स्थानमा शाखा खोल्ने प्रक्रिया रोकिएको हो ।

वैशाखसम्म १८ स्थानमा बैंक शाखा खोल्न समस्या रहेको बताउँदै आएका बैंकहरूले अहिले जम्मा १८ स्थानीय तहमा जान नसक्ने बताएका छन् । १३ स्थानमा बैंक शाखा खोल्नका लागि शुरुवातै भएको छैन । जतिसक्दो छिटो बैंक शाखा खोल्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । अहिले सो स्थानमा बैंक शाखा विस्तार भएपनि दिन प्रतिदिन थपिदै जाने राष्ट्र बैंकको भनाइ छ ।

यसअघि बाटो घाटो, विद्युत, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउँदै दुर्गम स्थानमा बैकहरू जान मानेका थिएनन् । केन्द्र विवाद तथा भाडामा घर नपाउँदा शाखा विस्तारमा समस्या परेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

तर, पछिल्लो समय उल्लेख्य रुपमा बैंक शाखा बढेको छ’, उनले भने ‘बैंकहरू राष्ट्र बैंकले तोकेको स्थानमा जान तयार छन् ।’ समस्या भएका कारण जान नसकेका हुन् । पछिल्लो समय विभिन्न स्थानमा गएको पहिरो बैंक शाखा खोल्नका लागि अवरोध भएको छ ।

समय थपेरै भएपनि सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने राष्ट्र बैंकको लक्ष्य छ । यसअघि केन्द्र विवादका कारण ३८ स्थानीय तहमा बैंक जान सकेका थिएनन् । सरकारले गत आवको बजेटमार्फत सात सय ५३ वटै स्थानीय तहमा वित्तिय पहुँच पु¥याउने घोषणा गरेपछि बैंक तथा वित्तिय संस्थाका शाखा विस्तारमा तिब्रता आएको हो ।

राष्ट्र बैंकले यसै गत वर्षभित्र वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा विस्तार गर्नका लागि स्थान नै तोकिदिएको थियो । तर, विभिन्न समस्याका कारण सबै स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । राष्ट्र बैंकले यस आवको मौद्रिक नीति सार्वजनिक गर्दा पाँच सय ५६ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार