कतार एयरवेजद्वारा फिफा विश्वकप विजेतालाई बधाई, २०२२ को तयारीमा जुट्ने प्रतिवद्धता ।

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइनस कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको लागि बधाई दिएको छ ।

कतार एयरवेजको च्यानल मार्फत मात्र २५ करोडभन्दा बढी भ्युज सहित विश्वभर यस प्रतियोगिताका करिब २ अरब भन्दा बढी दर्शकहरु रहेका थिए । कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको तयारीमा केन्द्रित रहने समेत जनाएको छ ।

फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “क्रोयसियामाथिको महत्वपूर्ण जीतको लागि म सम्पूर्ण फ्रान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु । फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागी हुन पाउँदा हामी गौरवान्वित भएका छौँ । यस प्रतियोगिताको उत्साह तथा विश्वभरका फुटबल प्रेमीहरुको अद्भूत जोशले हामीलाई अझ प्रेरित गरेको छ । ”

संसारभरिका यात्रीहरुद्वारा स्काइट्रेक्स २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित हुनुको साथै कतार राज्यको यस राष्ट्रिय विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार