पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न ‘मिस टुरिजम’ प्रतियोगिता हुने ।

आगामी भदौ २५ गते काठमाडौमा ‘मिस टुरिजम प्रतियोगिता २०१८’ हुने भएको छ। प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो।

पत्रकार सम्मेलन गर्दै प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिए।

प्रतियोगिताका लागि साउन २ गते देखि फारम खुला गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार