सोलुखुम्बुमा भालु नियन्त्रण गर्न किसानको माग ।

सोलुदुधुकण्ड नगरपालिका ३ तामाखानीका किसानहरुले भालु नियन्त्रण गर्न सरोकारबाला निकायसग माग गरेका छन् ।

घर नजिकैको जंगलमा घास काटेर फर्कदै गरेका बेला भालुले आक्रमण गरी दुई जना महिलालाई गम्भिर घाईते बनाएपछि उनीहरुले यस्तो माग गरेका हुन । जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनीहरुले मानिस लगायत अन्नबालीमा समेत ठुलो क्षति पुर्याएको प्रति ध्यानाकर्षण गराएका छन् ।

घर वरिपरी बन्यजन्तुको विगविगी बढेको र यात्रा गर्न समेत समस्या भएको तामाखानीका हिरा मगरले बताईन् । तामाखानीमा मात्र नभएर अहिले सदरमुकामका अधिकाशं क्षेत्रमा भालुले अन्नबाली विगारेको भन्दै किसानहरु रुष्ट बनेका छन् ।

बन्यजन्तुबाट भएको क्षतिपुर्ती समेत अति न्युन भएकाले अधिकाशंले भालु नियन्त्रणमा नै जोड दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राणामगरले यस विषयमा आफु गम्भिर भएको र क्षतिपुर्तीका सम्बन्धमा स्थानिय निकायसग समन्वय गर्न आग्रह गर्नुभयो ।

सामुदायिक बनहरुले बार्षिक काटछाट र बैज्ञानिक बन व्यबस्थापनमा ध्यान नदिएकाले बन्यजन्तुको संख्या बढ्दै गएको र मानिस लगायत किसानको बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको अधिकारीहरु बतउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार