नवनिर्मित प्रहरी भवन उद्घाटनका लागी प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सोलुखुम्बुमा ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आवाडाँडास्थित नवनिर्मित भवन उद्घाटनका लागी प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सोलुखुम्बु आउनुभएको छ । आईतबार साझ ७ बजे सडकमार्ग हुदै बहा सोलुखुम्बु आउनुभएको हो । सोमबार विहान साढे ७ बजे आयोजना गरिएको कार्यक्रमका लागी महानिरिक्षक खनाल साझ अबेर गरी सदरमुकाम आउनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

२०६९ सालमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्झौंता भई भवन निर्माण शुरु गरिएको थियो । ईन्द्रेणी एपेक्स कन्स्ट्रक्सन गाईघाटले ९ महिनाको अबधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौंता गरेको भएपनि करिव ६ बर्षपछि मात्र भवन प्रहरीलाई हस्तान्तरण भएको हो । साढे ३ करोडको लागतमा निर्माण सम्पन्न भएको प्रहरी भवन आधुनिक डिजाईनमा निर्माण भएको छ । नवनिर्मित प्रहरी भवनमा १६ बटा कोठा रहेका छन् भने थुनुवा र उनका बालबच्चाका लागी ३ बटा कोठा रहेका छन् । यस्तै  जुनियर कक्ष, भान्सा घर, महिला प्रहरीका लागी ड्रेसिङ कक्ष र ३ बटा व्यारेकहरु रहेका छन् ।

शसस्त्र द्धन्द्धका बेला जिल्ला प्रहरी कार्यालयको भवन ध्वस्त भएको थियो । त्यसयता प्रहरीले नेपाली सेनाको कम्पाउण्डभित्र रहेर सेवा दिदै आएको थियो । निकै अप्ठ्याराका बीच जनतालाई सेवा दिदै आएकोमा अब आफ्नै भवन भएपछि सेवा लेनदेनमा सहज भई सेवा चुस्त र प्रभावकारी हुने प्रहरी प्रमुख शालिकराम शर्माले बताउनुभयो ।

प्रहरी सेनाको कम्पाउण्डबाट बाहिर आएपछि प्रहरीसग नजिक हुन सजिलो भएको सर्वसाधरण नागरिक बताउछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार