अपी हिमाल आरोहण नगरी फर्कियो टोली


दार्चुलाः अपी हिमाल आरोहणका लागि गएको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ । मौसम अनुकूल नहुनु तथा भौगोलिक जटिलताका कारण पर्यटक टोलीले आरोहण नगरी फर्किएको हो । सात हजार १३२ मिटर उचाइमा रहेको अपीको पाँच हजार ६ सय मिटरको उचाइमा पुगेपछि भौगोलिक जटिलताले टोली फर्किएको पथप्रदर्शक कपुर तामाङले जानकारी दिनुभयो ।
आरोहणका लागि दक्षिण मार्गको प्रयोग गर्दै गएको टोलीले भौगोलिक जटिलताले आरोहण गर्न नसकेको जानकारी तामाङले दिनुभयो । यसअघि टोलीले अपी हिमालको उत्तरी बाटो भएर चढ्न जाने प्रयास गरे पनि बाटो नहुँदा व्यासको तम्बाकु क्षेत्रबाटै फर्किएको थियो ।
टोली काठमाडाँै फर्किएको पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले जानकारी दिनुभयो । गत भदौ २८ गते दार्चुला पुगेको विदेशी टोली तीन सातापछि फर्किएको हो । टोलीसँग नयाँ नक्शा नहुँदा पर्यटक अलमलमा परेको पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार