इलाम र पाँचथरमा प्याराग्लाइडिङको सफल परिक्षण उडान ।

इलाम र पाँचथरका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको छ । नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट मंसिर ८ गते परीक्षण उडान गरिएको थियो । सोलुखुम्बुका वाङ्छु शेर्पाले प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए ।

प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ’ वाङछु शेर्पाले भने । पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिएका यी डाँडाकाँडाबाट आगामी दिनमा उडान गर्न सकिने समेत उनको भनाइ छ।

शेर्पाले नाम्तोक डाँडाबाट करीब एक घण्टासम्म आकाशमा उडाएपछि घुर्बिसे पञ्चमी बजार नजिकै रहेको ठिङ्गेपुरको पाण्डव धारा नजिक अवतरण गरेका थिए । उनले यसअघि विभिन्न ३८ देशमा प्याराग्लाइडिङको उडान सफल गरेको बताएका छन् ।

फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्नै ६० हजारको लगानीमा प्याराग्लाइडिङ गराइएका हुन । शेर्पाले पर्यटकीयस्थल कन्याम, गजुरमुखीमा समेत उडान गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार