असहमतीका बुदाहरुमाथि नगरपालिकाको पष्टिकरण ।

सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुले पष्टीकरण सहितको प्रेस विज्ञेप्ती जारी गरेको छ । कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले ९ बुदे असहमती राख्दै चौंथो नगर सभा बहिष्कार गरेपछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाउदै पत्रकार सम्मेलन गरी पष्टीकरण सहितको प्रेस विज्ञेप्ती जारी गरेको हो ।

प्रेस विज्ञेप्ती तल उल्लेख छ ।

नगरसभा बहिष्कार गरेकामध्येका ३ जनाले नगरसभामा उपस्थिती जनाएको तर सभाबाट भएका कुनै पनि निर्णयमा हस्ताक्षर नगरेको बडा नम्बर १० का अध्यक्ष मिङमार छिरी शेर्पाले बताए ।

नगरसभाबाट खानी तथा खनिज पदार्थ विद्येक २०७५ र कृषि व्यबसाय प्रबर्द्धन विद्येयक २०७५ स्वीकृत गरेको जनाएको छ । चालु आर्थिक बर्षमा प्रस्ताव भएका केही कार्यक्रम संशोधन भएको समेत विज्ञेप्ती मार्फत जानकारी दिएको छ । यस्तै निर्णय भएका बाकि बुदाहरु समावेश छैन । सभाले १६ बुदे निर्णय गरेको जनाएको छ । नगरसभाको बैठक २०७५ पौंष २७ र २८ गते बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार