आफ्नै भवनबाट सेवा सुचारु गर्नेमा थुलुङ दुधकोशी गाउपालिका पहिलो ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिकाको नवनिर्मित प्रशासनिक भवनहरुको आज एक समारोहकाबीच उद्घाटन गरिएको छ । संघिय सांसद हेम कुमार राई र पण्डित दिनबन्धु पोखरेलले संयुक्त रुपमा रिवन काटेर भवनको उद्घाटन गरेका हुन ।

प्रि-फाईभ प्रविधि प्रयोग गरी डेढ करोड बढीको लागतमा भवन निर्माण सम्पन्न भएको गाउपालिकाले जनाएको छ । सेवा प्रवाह चुस्त बनाउन जनप्रतिनिधी, विषयतगत कार्यालयहरु र कर्मचारीहरुको लागी बेग्लाबेग्लै कोठाहरु निर्माण गरिएका छन् । ४ ब्लकमा २३ कोठाहरु रहेका छन् । कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष असिम राईले सवैको सहयोग र अथक प्रयासबाट गाउपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताउनुभयो । नया भवन निर्माण पछि गाउपालिकाबाट प्रवाह गरिने सेवा चुस्त बनाउन थप टेवा पुग्ने विश्वास लिदै गाउपालिका अध्यक्ष राईले गाउघरमा सरकारको उपस्थिती दिलाउन आफुहरु हरतवरले लाग्ने बचनबद्धता समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै संघिय सांसद हेम कुमार राईले थुलुङ दुधकोशी गाउपालिकाले विकासको प्रारम्भिक चरणहरु शुरु गरिसकेको र त्यसैको प्रभाव गाउपालिकाको आफ्नै भवन निर्माणलाई लिन सकिने उल्लेख गर्नुभयो । बहाले स्थानिय तहहरु मजबुद र आत्मानिर्भर बन्दै गएको प्रति खुसी व्यक्त गर्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका पण्डित दिनबन्धु पोखरेलले हरेक खालका रागहरु निराकरण महायज्ञले गर्न सक्ने र यस्ता यज्ञहरु विकासका लागी पुरक हुने गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्यहरु उतम कुमार बस्नेत र बुद्धि कुमार राजभण्डारी, सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई गाउपालिका अध्यक्षहरु डुफ कुमार बास्तोला, सागर किराती, विर बहादुर राई, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणा प्रहरी प्रमुख सालिग्राम शर्मा, जग्गा दाता बलराम गुरुङ पुर्व आईजीपि मिङमार लामा लगायत गाउपालिकाभित्रका शिक्षक विद्यार्थी अभिभावक र थुलुङ दुधकोशी गाउपालिकाभित्रका सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो । भवन निर्माणका लागी व्यबसायी तथा समाजसेवी बलराम गुरुङले ५० रोपनी जग्गा निशुल्क उपलव्ध गराउनुभएको गाउपालिकाले जनाएको छ । सोही कार्यक्रममा गाउपालिकाले चैत्र २ गतेदेखि सञ्चालन गर्न लागेको महायज्ञका बारेमा पत्रकार सम्मेलन गरिएको थियो ।

यसैबीच सोलुखुम्बुको महाकुलुङ गाउपालिका २ बुङले पनि आफ्नै भवन निर्माण गरी सेवा सुचारु गरिसकेका छन् भने जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले पुरानै भवनबाट सेवा दिईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार