मेची महाकाली विश्व अभियानको उद्घाटन सत्रको तयारी अन्तिम चरणमा

सोलुखुम्बु बहुमुखी क्याम्पसले आयोजना गरेको मेची महाकाली विश्व अभियानको उद्घाटन सत्रको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति विद्या देवी भण्डारीबाट उद्घाटन गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्माले बताउनुभयो ।

क्याम्पसले स्थापनाको २५ बर्ष पुगेको अबसरमा विभिन्न शैक्षिक कार्यक्रम सहित मेची महाकाली विश्व अभियानको शुरुवात गर्न लागेको हो । अभियानमा ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैर सरकारी निकाय, विश्वका २५ राष्ट्रका नागरिकहरुलाई सहभागी गराउने र उनीहरुबाट एक सय रुपैयाका दरले १ अर्व संकलन गर्ने लक्ष्य लिएको छ । साथै  संकलित रकम क्याम्पसको अक्षय कोषमा राखिने र व्याज वापतको रकमबाट देशभरका ५ सय विद्यार्थीलाई निशुल्क खाना र आबास सहित अध्ययनको व्यबस्था गरिने बताईएको छ ।

नेपालको ७७ जिल्लाकै मेघावी तर आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई प्राविधिक र व्यबसायिक उच्च शिक्षा दिलाउने र स्वदेशी तथा विदेशी नागरिकलाई नेपालको पर्यटन क्षेत्रका बारेमा अध्ययन अध्यापन गराउने लक्ष्य अभियानले लिएको छ ।

हिमालयन टष्ट्रको आर्थिक सहयोगमा २०५० सालमा स्थापना भएको क्याम्पसले यसै अभियान मार्फत सवैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको हैसियतमा गिनिज वोल्ड रेकर्डमा नाम दर्ज गर्ने योजना राखेको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।

कार्यक्रममा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरीबशं आचार्य लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार