राष्ट्रपति भण्डारीद्धारा मेचीकाली विश्व अभियानकाे उद्घाटन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिमाल आरोहणमा शेर्पा समुदायले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । सोलुखुम्बु बहुमुखी क्याम्पसको मेची-काली विश्व अभियानको उद्घाटनका लागी सोलुखुम्बु आउनुभएका राष्ट्रपति भण्डारीले शेर्पा समुदायको थातथलो रहेको सोलुखुम्बुमा आएर उनीहरुको कामको खुलेर प्रसंसा गर्नुभएको हो ।

विश्वको सर्वोच्च शिर सगरमाथा सहित यहाका जैविक, प्राकृतिक र पर्यटनको क्षेत्रको समेत बहाले खुला ह्रदयले प्रसंसा गर्नुभयो । शेर्पा समुदायलाई शाहसका पर्यायका रुपमा अर्थाउदै बहाले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

पर्यापर्यटनका लागी स्थानिय, रैथाने र परम्परागत सीपको सम्बर्धन र प्रवर्धन गरी आधुनिक र व्यबसायिक पर्यटनलाई अघि बढाउनुपर्नेमा बहाले जोड दिनुभयो । साथै बहाले क्याम्पसले थालेको यो अभियान सफलताको शुभकामना समेत दिनुभयो । निकै कडा सुरक्षाका साथ कार्यक्रम स्थल आउनुभएका राष्ट्रपति भण्डारी प्रतिकुल मौसमका कारण फर्कन भने सक्नुभएन ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष आङ रिता शेर्पाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघिय सांसद हेमकुमार राई, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनिया, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री माननीय जिवन घिमिरे, मह जोडी, प्रदेश सभाका सदस्य, नगरपालिका गाउपालिका प्रमुख उप-प्रमुख सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी बडा अध्यक्ष लगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा क्याम्पस प्रमुख उद्धव कुमार शर्माले मेची काली विश्व अभियानको बारेमा जानकारी गराउदै सहयोगी दाताहरुको उद्घोष गर्नुभएको थियो । मेचीकाली विश्व अभियानका लागी सोलु दुधकुण्ड नगरपालिकाले एक करोड रुपैया सहयोग गर्ने बचत दिएको छ भने उद्यमी तथा राजनीतिकर्मी प्रकाशसिङ कार्कीले १० लाख रुपैया सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका छन् । आजै करिव डेढ करोड रुपैया संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार