जुगल हिमालमा पहिलो मानव पाइला

काठमाडौं । माया गुरुङ नेतृत्वको टोलीले जुगल हिमालको सफल आरोहण गरेको छ । सिन्धुपाल्चोकको ६ हजार १ सय ५१ मीटर अग्लो जुगल हिमालको चुचुरोमा मानव पाइला पुगेको यो नै पहिलो अवसर हो ।

यस अघि जुगल हिमालको आरोहण प्रतिबन्धित थियो । सरकारबाट अनुमति प्राप्त भएसँगै त्यसतर्फ गएको टोलीले पहिलो प्रयासमै जुगल हिमालको सफल आरोहण गरेको हो । मायाको टोलीमा शर्मिला तामाङ, प्रेम गुरुङ, मिलन तामाङ लगायत सहभागी थिए । आरोहण दलमा सहभागी पूर्वसांसद सुवाष कर्माचार्य र नेकपाका माधव सापकोटा भने अस्वस्थ्य भएपछि आधा बाटोबाटै फर्किएका थिए ।


सगरमाथाको सफल आरोहण गरीसक्नुभएकी मायाको नेतृत्वमा जुगल हिमालको पनि सफल आरोहण सम्भव भएको हो । मायाँले केही बर्षअघि महिला पत्रकारसहितको टोलीसँग सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । माया लगायको टोलीले नै जुगल हिमालको आरोहणका लागि प्रस्ताव गरेको थियो । जुगल हिमाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार