सगरमाथामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगो फहराउँदै नेपाल, भारत र चीनकी चेली

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका तीन जना महिलालाई सोमबार बिदाइ गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाण्डौमा एक कार्यक्रम गर्दै बिदाइ गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्नुभएको हो ।

उहाँले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले त्यस आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो । सचिव सापकोटाले तीनवटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपालकी तामाङ यसअघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समुदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसक्नु भएको छ भने भारतकी दासले ६ हजार मिटर उचाइका विभिन्न हिमालहरुको सफल आरोहण गरिसक्नु भएको छ । चीनकी माले सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर बिदाइगरिसक्नु भएको थियो  ।आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार