सामाजिक रुपान्तरण स्थानिय तहबाट शुरु हुनुपर्छ : डा. अधिकारी

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डां रेनु अधिकारीले सामाजिक रुपान्तरण स्थानिय तहबाट शुरु हुन जरुरी रहेको बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार, पहिचान श्रम र शरीरमा आफ्नो अधिकार भन्ने मुल नाराका साथ सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित प्रथम ऐतिहासिक जिल्ला स्तरीय महिला मञ्च कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै डा अधिकारीले यस्तो बताउनुभएको हो । स्थानिय सरकार परिवर्तनको संवाहकका रुपमा रहेको उल्लेख गर्दै बहाले ३ तहका सरकार मध्ये स्थानिय सरकार बलियो भएकाले रुपान्तरणको लागी उसको भुमिका महत्वपुर्ण हुनेमा जोड दिनुभयो ।

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधी महिलाहरुले आफ्नो अधिकारको उपयोग गरी सामाजिक विकासका योगदान गर्न सके महिला शसक्तिकरणका लागी टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य डा विन्दा पाण्डेले अन्यायका विरुद्ध लडेका सोलुखुम्बुका दाटी भोटेनीको साहसलाई सम्झदै प्रदेश नम्बर १ ले महिलाले शाहसिक महिलाहरुलाई जन्माएको उल्लेख गर्नुभयो ।

सति प्रथाका विरुद्ध संस्थागत आन्दोलन थालेका भोजपुरका योगमाया न्यौंपानेलाई सम्झदै बहाले न्यौंपाने जस्ता हजारौं महिलाहरुको त्याग र बलिदानीले आज महिलाहरुले यो अबस्थामा आउन सफल भएको बताउनुभयो ।

सोलुखुम्बु जिल्लाले मात्र १ सय ३६ जना जनप्रतिनिधी महिला पाएकोमा खुसी व्यक्त गर्दे अब राज्यको हरेक तह र निकायमा महिलाको समान सहभागीता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना नाछिरिङ, माप्य दुधकोशी, थुलुङ दुधकोशी सोताङ गाउपालिका लगायतका स्थानिय तहका उपाध्यक्षहरु, महिला तथा दलित सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतको अध्यक्षतामा भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार