ठमेल पर्यटन विकास परिषद अध्यक्षमा प्रकाशनरसिंह राणा


काठमाडौं । ठमेल पर्यटन विकास परिषद अध्यक्षमा प्रकाशनरसिंह राणा विजयी हुनुभएको छ । तीन समूहबीच भएको चुनावी प्रतिस्पर्धाबाट उपाध्यक्षमा क्रमश राजुमान डैगोल, भविश्वर शर्मा र गीता गुरुङ निर्वाचित हुनुभएको छ ।

महासचिवमा धु्रव अधिकारी, सचिव बद्रीप्रसाद तिमल्सिना र कोषाध्यक्ष पुण्यराम लगेजु निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र दुलाल, केशव बस्नेत, सुरेन्द्र श्रेष्ठ, कर्मा घले, स्वप्निल शर्मा, रुपेश गुरुङ र नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष समीर गुरुङ, अर्जुनलाल प्रधान र प्रकाशनरसिंह राणा चुनावी प्रतिस्पर्धामा थिए । परिषदको ७ सय ८८ सदस्य मतदातामध्ये ६ सय ८ जनाले मतदानमा भाग लिएका थिए ।

ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रलाई पर्यटनमैंत्री वातावरण निर्माण गरी सुरक्षित ठमेल व्यवस्थापनमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार