अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने


काठमाडौं । अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो पुस १४ र १५ गते सम्मेलन आयोजना गर्न लागिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल तामाङ बोम्बो संरक्षण समाजले बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्रवद्र्धन गर्ने योजना सहित सम्मेलनको तयारी भइरहेको जानकारी गरायो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हुने सम्मेलनले विश्वका झाँक्री समुदायलाई एकीकृत गर्ने तथा परम्परागत संस्कृति प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्ने सम्मेलनको लक्ष्य छ । सम्मेलनमा युरोप र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका बोम्बो झाँक्रीसमेत गरी करीब एक हजारको सहभागिता रहने समाजका महासचिव विष्णुकुमार तामाङले जानकारी दिनुभयो ।
‘बोम्बो संस्कृति नेपालकै साँस्कृतिक सम्पदा हो । यसकारण बोम्बो संस्कृति पर्यटकका लागि अर्को विषय हो’ महासचिव तामाङले भन्नुभयो, ‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको तयारीमा हामी पनि साथ दिन चाहान्छौं ।’

समाजका अध्यक्ष महाराज भोम्जनका अनुसार नेपाल राष्ट्रकै कला, बोन संस्कार, संस्कृति भाषा र साहित्यको प्रवद्र्धन गर्ने उदेश्य सहित सम्मेलन आयोजना गर्न लागिएको हो । अहिले भारत, भुटान तथा जर्मनीबाट धेरै संख्यामा झाँक्री आउने निश्चित भइसकेको उहाँले बताउनुभयो । चीनलगायत अन्य मुलुकसँग पनि सम्पर्क भएको समाजले जनाएको छ ।

ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले झाँक्री समुदायको उत्थान, प्रवद्र्धन गरी पर्यटकीय ‘उत्पादन’ को रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । दुईदिने सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ ।

सम्मेलनमा बोम्बोले प्रयोग गर्ने विभिन्न हस्तकलाको सामान प्रदर्शन तथा बिक्रिका लागि समेत राखिने आयोजकले जनाएको छ । प्राचिनकालदेखि बोनहरुले प्रयोग गर्दै आइरहेका सामग्री ड्याङग्रो गजा, घण्टि माला, रुद्राक्ष माला, रिठा माला, बुद्ध चित्त माला, हर्बोटे माला, बिरु माला, सेल माला, सर्पको हडिको माला, दोर्जे, चेरु, त्रिशुल, शंख, कर्ता, बर्जा, कलस(बुम्बा), फुर्बा, कङलिङ, डमरु, जामापगरि, धुपौरो जस्ता सामाग्री प्रदर्शनमा राखिने छन् ।

सम्मेलनमा पुस १५ गते विभिन्न देशका प्रतिनिधिहरुले आ–आफ्नो देशको बोम्बोहरुको अवस्थाको विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र बोम्बो सम्बन्धी ५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकको भनाई छ । कार्यपत्रमाथि विज्ञ टोलीले टिप्पणी गरेपछि ‘बोम्बो घोषणा पत्र, नेपाल–२०२०’ सार्वजनिक गरिने जनाइएको छ ।

सम्मेलनका लागि ३५ लाख खर्च हुने अनुमान गरीएको छ । यसका लागि विभिन्न निकायसँग समन्वय गरिने समाजका अध्यक्ष भोम्जनले बताउनुभयो । सम्मेलनमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार