पर्यटन संघसंसथाद्वारा नवनियुक्त पर्यटनमन्त्रीलाई बधाई तथा शुभकामना


काठमाडौं । पर्यटन संघसंस्थाले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मन्त्री भट्टराई बधाई तथा शुभकामना दिंदै पर्यटन क्षेत्रमा देखिएको समय्र समस्याप्रति मन्त्रीको ध्यानाकर्षण गराएको टानका संचार संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
पथप्रर्दक या सहयोगी विना पर्यटकले पदयात्रा गर्न नपाउने, नेपाल भ्रमण वर्ष २०२०, टिम्सको प्रभावकारी कार्यन्वयन र सहजीकरण, ट्रेकिङ परमिट र शुल्कमा एकद्धार प्रणाली, रामेछाप लुक्ला फ्लाईट, नयाँ पर्यटन नीति, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) जस्ता विषयमा टानले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको टानले जनाएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) ले पनि मन्त्री भट्टराईलाई बधाई तथा कार्यकालको शुभकामना दिएको छ । ताप्लेजुङबाट निर्वाचित हुनुभएका भट्टराई पहिलो पटक मन्त्री बन्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार