टान नेतृत्वका आकांक्षीलाई सुझाव

पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) मा यतिबेला चुनावि सरगर्मी बढ्दो छ । भदौ २० गते हुने टानको निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । व्यवसायीको हकहित, पर्यटन प्रवद्र्धन, पदयात्राको संरक्षण र पर्यटकीय गन्तब्य पहिचान गर्ने लगायत कार्यमा टानले भूमिका निर्वाह गर्दै आएको छ ।

यतिबेला टान नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षीहरु देखिएका छन् । म नेतृत्वमा पुग्न सके टानमा कायापलट गर्छु भन्ने आ—आफ्नो एजेण्डा सहित प्रचारप्रसारको दौडधुपमा छन् आकांक्षीहरु । दाबेदार सबैले आफुलाई नेतृत्वका लागि अब्बल भएको प्रचार गरिरहेका छन् । यि मध्येबाट टानमा आउने नेतृत्व कस्तो होला? टानलाई कसरी अग्रगामी निकास र विकास देला भन्ने पाटोले मुख्य अर्थ राख्छ ।

समस्याको चाङले थिचिएको टानलाई माथी उठाउन विगत र वर्तमानका नेतृत्वले पनि प्रयासहरु गरे । तर नसकेर हो या गर्न चाहेर पनि असहयोगका कारण हुन नसेको हो । या त नेतृत्वमा रहेकाहरु नै कमजोर सावित भएका हुन् । टानले ठोस निकास पाउन सकेको छैन ।

भोलीको नेतृत्वलाई लिएर सबैले टानलाई निकास र विकास दिने आफ्ना एजेण्डाहरु अघि सारेका छन् । हिजोका नेतृत्वले पनि आफ्ना एजेण्डा यसरी नै अघि सारेका थिए । तर समस्याका चाङ उति नै छन् । हिजोको नेतृत्वले गर्छु भनेका काम, कुरा केके पुरा गरे या किन गर्न सकेनन् अवगत नै होला । एकअर्काप्रतिको अविश्वास, आरोपप्रत्यारोप, असहयोगीपना र एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नु टान नेतृत्वको भोगाई हो ।

पर्यटन देशको अर्थतन्त्रमा योगदान गर्ने महत्वपूर्ण क्षेत्रमध्ये एक हो । देशभर पदयात्रा पर्यटनको क्षेत्रमा काम गर्ने संस्था हो टान । यस्तो संस्थामा काम गर्ने व्यवसायीको मन टान नेतृत्वले जित्यो या जितेन । भोली आउन चाहने नेतृत्वले पनि त्यो कुरा मनन् गर्न जरुरी छ । हिजो या आज तपाई नेतृत्वमा रहँदै गर्दा तपाईको भूमिका कहाँनिर कस्तो रह्यो भन्ने विषयले पनि भोली तपाई नेतृत्वमा पुग्ने कुरामा महत्वपूर्ण अर्थ राख्ला ।

१७ सयभन्दा बढी सदस्य रहेको टानले अब कस्तो नेतृत्व पाउला या टानका मतदाताले कस्तो ब्यक्तिलाई नेतृत्वमा चयन गर्ला भन्ने कौतुहलता सबैमा छ । नेतृत्वमा पुग्नलाई गुटबन्दीको हिसाबकिताब गणितीय रुपमा हुँदैछ । सबै आकांक्षीहरु आफ्नो पक्षमा प्रचार गरिहेका छन् ।

वर्तमान नेतृत्व पनि फरकफरक राजनैतिक विचार भएकाहरुबाटै चयन भएका थिए । सहमति नभए अबको नेतृत्व पनि यस्तै नआउला भन्न सकिन्न । प्यानल या फरक राजनैतिक विचार भएकाहरु नेतृत्वमा पुगेपछि सबैले टान व्यवसायीको संस्था हो भन्ने बिर्सिएर राजनीतिक रंङहरु भर्नु अबको नेतृत्वलाई शोभा नदेला । केहि समय यताका नेतृत्वमा देखिएको समस्या पनि यहि हो ।

वर्तमान नेतृत्व पनि फरकफरक राजनैतिक विचार भएकाहरुबाटै चयन भएका थिए । सहमति नभए अबको नेतृत्व पनि यस्तै नआउला भन्न सकिन्न । प्यानल या फरक राजनैतिक विचार भएकाहरु नेतृत्वमा पुगेपछि सबैले टान व्यवसायीको संस्था हो भन्ने बिर्सिएर राजनीतिक रंङहरु भर्नु अबको नेतृत्वलाई शोभा नदेला । केहि समय यताका नेतृत्वमा देखिएको समस्या पनि यहि हो ।

भोलीको नेतृत्व सबैलाई समेट्ने, सबै मिलेर अघि बढ्ने भनिरहँदा हिजोका नेतृत्वहरु किन त्यहिंनिर चुक्यो? नेतृत्वमा रहँदै गर्दा तपाईको भूमिकामा किन मिलेर बढ्न सक्ने अवस्था रहेन र भोली चाँही कसरी संभव होला त? भोलीको नेतृत्वले एकअर्काको अस्तित्वलाई कसरी स्वीकार्ला? यो विषयमा नेतृत्वका दाबेदारहरुको सोंच पुग्न जरुरी छ ।

नेतृत्वलाई अवसर, चुनौति र समस्याको पहाड त हुन्छ नै । सबैलाई समेट्न चाहेर पनि समेटिन नचाहनेहरु हुन्छन् । कहिलेकाँही हार जीत स्वीकार्ने भन्दा पनि सधैं जित्न चाहनेहरु हुन्छन् । सधैं हराउन मन पराउनेहरु हुन्छन् । यस्तोमा ठोस काम गर्न नेतृत्वलाई पनि कम चुनौति हुँदैन । हिजो या आज भएको पनि यहि हो ।

अब आउने नेतृत्वलाई पनि यो एउटा ठूलो चुनौति हुनेछ । एकअर्काको अस्तित्व स्वीकार्न सक्ने, संस्थागत स्वार्थमा एक ढिक्का हुने, सम्मान र सहकार्य गर्ने नेतृत्व टानका लागि अपरिहार्य छ । यस्तो सोंच निर्माण गर्न सक्ने नेतृत्व टानमा आउनुपर्दछ । संस्थागत स्वार्थका लागि सबैले लड्न सके जीत समग्र टान र टान नेतृत्वको हुनेछ ।

नेतृत्वका आकांक्षीहरु टानकै हकहित चाहनेहरु छन्, होलान् र हिजो पनि थिए । तर परिवर्तन सोंचमा हुन आवश्यक छ र व्यवहारमा देखिन आवश्यक छ । यसो हुन सकेमा गुटबन्दीले हार्नेछ र टानले जित्नेछ । धेरै जसो क्षेत्रमा निर्वाचन भन्ने वित्तिकै राजनीतिक दलको झन्डा बोक्नै पर्ने प्रबृत्ति नौलो होइन । यो बाध्यता या रहर दुवै हुनसक्छ । तर नेतृत्वमा जुनसुकै प्यानल या गुटबन्दीबाट आएपनि मतदाताले सहि नेतृत्व चयन गर्दा नेतृत्वले पनि व्यवसायीको हितमा सहि दिशा दिन सक्नु नै नेतृत्व सफल हुनु हो ।

वर्तमान नेतृत्व पनि टानका विकराल समस्यासंग जुध्दै थियो । सबैले आ—आफ्नो ठाउँबाट सक्नेजति योगदान गरेकै थिए । भलै कसैको योगदान धेरै थियो होला कसैको थोरै । कसैले नौलो कामहरु गरे होलान, कसैको निस्क्रीय भएरै कार्यकाल सकियो होलान् ।

सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्दैगर्दा, महत्वपूर्ण कार्यहरु गर्दैगर्दा सबैको विचार र सोंच एक ठाउँमा ल्याउन र मिलाउन अपरिहार्य छ । भदौ २० का आकांक्षीहरुमध्येबाट चयन हुने नेतृत्वले यि यथार्थलाई मनन् गर्दै नयाँ सोंच र एकताबद्ध हुन अपरिहार्य छ । यसो हुन सकेमा टान साँच्चै पर्यटन क्षेत्र र पर्यटन व्यवसायीहरुको सफल संस्थाको रुपमा अघि बढ्नेछ ।

हरेक संस्थामा धेरै थरी सोंच भएका, विभिन्न राजनीतिक पार्टीप्रति आस्था राख्नेहरु हुन्छन् । टान पनि यस्तै थरिथरि फुलले सजिएको बगैंचा हो । त्यहाँ फुल्ने फुलमध्ये व्यवसायीले रोज्ने फुललाई उनेर सुन्दर मालाको रुप दिने सोंच र कार्य नेतृत्व कै हो । जुन मालालाई जिवन्त राख्न र मालाको महत्वलाई सार्थक बनाउन अब आउने नेतृत्वलाई चुनौति र अवसर दुवै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार