अन्नपूर्ण आधारशिबिर क्षेत्रमा फेला परेको शव एनएमएले शुक्रबार काठमाडौं ल्याउने

काठमाडौं । अन्नपूर्ण आधारशिविरको अन्नपूर्ण साउथ र हिमचुलीको बीचमा दुईवटा शब फेला परेका छन् । स्थानीय छेम्रोङ गाउँका स्थानीयले दुई हप्ता अघि एउटा शव देखेको खबर गरेपनि शव दुईजनाको फेला परेको नेपाल पर्वतारोहण संघ (एनएमए)ले जानकारी दिएको छ ।

पर्यटन विभागले शव फेला परेको खबर प्राप्त गरेपछि उक्त शवको व्यवस्थापन गर्ने जिम्मा संघलाई दिएकाले शुक्रबार हेलिमार्फत काठमाडौं ल्याउने तयारी रहेको संघका अध्यक्ष शन्तबिर लामाले जानकारी दिनभयो । ‘अन्नपूर्ण संरक्षण क्षेत्र, जिल्ला प्रशासन कार्यालय, माछापुच्छे« गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा एनएमएले शव ब्यबस्थापन गर्ने जिम्मा लिएको हो ।’ अध्यक्ष लामाले भन्नुभयो, ‘सोही अनुसार संघले रेस्क्यू गर्न लागेको हो ।’

अन्नपूर्ण साउद र हिमचुलीको बीचभागमा फेला परेको शव बिहीबार नै अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक अनुप गुरुङको नेतृत्वमा रहेको सात जनाको टोलीले अन्नपूर्ण आधारशिबिरमा ल्याइसकिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उक्त शव कोरियन आरोहीको रहेको अनुमान गरिएको छ । उनीहरुले प्रयोग गरेको कपडाको आधारमा अनुमान लगाइएको हो ।
उक्त शव शुक्रबार पोखरा ल्याइ पोष्टमार्टम र डिएनए परिक्षण गरी कोरियामा रहेका सम्बन्धित परिवारका सदस्यलाई खबर गरिने संघले जनाएको छ । संघले हिमाली वातावरणलाई सफा राख्न हिमाल सफाई अभियानमा जोड दिंदैं आएकाले उक्त शव ल्याउन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार