पर्यटकीय क्षेत्रका ७ संघसंस्थाको इजाजत पत्र तथा नविकरण अब प्रदेशबाट

काठमाडौं । देश संघीयतामा गएसंगै पर्यटकीय क्षेत्रका ७ वटा संघ संस्थाका इजाजत पत्र जारी तथा नविकरण अब प्रदेश तहबाट हुने भएको छ । पर्यटन विभागले असोज १ गतेबाट लागु हुनेगरी उक्त आधिकारित दस्तावेज प्रदेश तहलाई हस्तान्तरण गरेको हो । पर्यटन विभागद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशलाई आधिकारिक दस्तावेज हस्तान्तरण गर्दै प्रदेशबाट सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

‘विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरुले पर्यटन विभागबाट लिंदै आएको सेवा मध्ये ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, पर्यटक यातायात सेवा व्यवसाय, ¥याफ्टिङ एजेन्सी, पर्यटक स्तरीय होटल, होमस्टे, टुर गाईड। ट्रेकिङ गाईड, ट्रेकिङ पोर्टर गाईड र रिभर गाईडको ईजाजत पत्र जारी तथा नविकरण लगायतका कार्य प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरुबाट लिन सकिने छ ।’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘सात प्रदेशका पर्यटन कार्यालयहरु, काँकडभिट्टा झापा, नाम्चे सोलुखुम्बु, जनकपुर धनुषा, विरगंज पर्सा, भैरहवा रुपन्देही, पोखरा कास्की र कोहलपुर बाँके मार्फत भएका कार्यहरु र अभिलेख समेत सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हस्तान्तरण भइसकेका छन् ।’ विज्ञप्तीमा उल्लेख छ ।

पर्यटन सम्बद्ध उद्योग, सेवा, व्यवसायीहरुको सेवा प्रवाहमा द्विविधा उत्पन्न भए पर्यटन विभागले सम्बन्धित निकायसम्म सहजीरकण पु¥याउने विभागका कार्यकारी निर्देशक डण्डुराज घिमिरेले बताउनुभयो । विभागको तथ्याङ्क अनुसार पर्यटक स्तरीय होटल ३६१, होमस्टे ९२, ¥याफ्टिङ एजेन्सी ८५, ट्राभल एजेन्सी ३२६२, ट्रेकिङ एजेन्सी २४१७, रिभर गाईड २१४, ट्रेकिङ पोर्टर गाईड १७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिङ गाईड १२९८१ र टुरिष्ट गाईड २७०१ गरी जम्मा २२३६४ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार