यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिमा पुनः बोबरजंग

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले बर्तमान अध्यक्ष बोबजंग गुरुङलाई अध्यक्ष पदमा पुनः चयन गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा बाबुराम पाण्डे, द्वितीय उपाध्पक्षमा दुर्गा दाहाल, महासचिवमा सुरेश दाहाल, सचिवमा कुमार आचार्य, कोषाध्यक्षमा दीपेन्द्र दाहाललाई चयन गरेको छ । सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुजन बराल, ताराप्रसाद गौतम, रविप्रसाद आचार्य र भवानी प्रसाद अधिकारी चयन भएका छन् ।

साधारणसभाका सहभागीहरुल्े पर्यटक बोक्ने हरियो नम्बर प्लेटको गाडी सञ्चालनमा लगानी बढाउनुपर्ने बताएका थिए ।

साधारणसभामा संघले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय व्यवस्थापक राजेश घर्ती थापालाई सम्मान गरेको छ भने उत्कृष्ट चालकको रुपमा सापकोटा एडभेन्चर प्रा.लि.का तेजबहादुर राईलाई सम्मान गरेको छ । विगत आठ वर्षदेखि एउटै कम्पनीमा चालकको रुपमा कार्यरत राईलाई सोहि अवसरमा कम्पनीको तर्फबाट पुरस्कार स्वरुप नगद १५ हजार प्रदान गरिएको छ ।

साधारणसभामा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्चीवी पोख्रेल, पर्यटन व्यवसायीहरु बाँसु त्रिपाठी, अग्नि कँडेल, महिला उद्यमी लक्की कार्की लगायतले शुभकामना दिएका थिए । नेपाल पर्यटक यातायात समिति गण्डकीका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार