टान अध्यक्षमा खुम सुवेदी विजयी, अन्य नतिजा मिश्रित

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदीले अध्यक्षका अर्का प्रत्यासी अन्जन थापा (कुमार) लाई ८३ मतले पछि पार्दै निर्वाचित हुनुभयो । सुवेदीले ५ सय २१ मत ल्याउनुभयो भने थापाले ४ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल ४ सय ८५, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर बस्नेत ४ सय ९०, द्वितीय उपाध्यक्षमा भरत सापकोटाले ४ सय ९६ मत ल्याई निर्वाचित हुनुभएको छ । तिनैजना उपाध्यक्ष सुवेदी समूहका हुन् । तीन उपाध्यक्षका प्रत्यासी ऋषिप्रसाद नेपाल ४ सय ५५, प्रकाशचन्द्र देवकोटा ४ सय ४९ र तेन्जिङ शेर्पाले ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो ।

महासचिव पदमा थापा समूहका सरिता लामा ४ सय ८४ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी कर्मा शेर्पाले ४ सय ७१ मत प्राप्त गर्नुभएको थियो । सचिवमा थापा समूहकै दामोदर ढकालले ४ सय ६८ मत ल्याई निर्वाचित हुनभएको छ । उहाँका प्रत्यासी प्रदिपकुमार घिमिरेले ४ सय ५४ मत प्राप्त गर्नुभएको थियो

कोषाध्यक्षमा सुवेदी समूहका महिला उम्मेद्वार ऋतु ग्यामदान (तामाङ) ५ सय २० मत सहित निर्वाचित हुनुभएको छ । उहाँको प्रत्यासी टेकबहादुर खकुरालले ४ सय २९ मत ल्याउनुभएको थियो । सहकोषाध्यक्षमा पनि सुवेदी समूहकै सूर्यकुमार श्रेष्ठ ४ सय ९० मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी प्रदिप पण्डितले ४ सय ३२ मत प्राप्त गर्नुभएको थियो ।

सयै गरी खुला सदस्यमा सोनाम ग्याल्जेन शेर्पाले ५ सय १८, सिम्बिर घले ४ सय ९८ मत ल्याई सदस्यहरुमा क्रमश सबैभन्दा बढि मत ल्याई निर्वाचित हुनुभएको छ । यसैगरी अन्य सदस्यहरुमा ङिमा दिकी शेर्पा ४ सय ९४, कान्छा शेर्पा ४ सय ९२, रामबहादुर गुरुङ ४ सय ६५, मिङ्मा तेन्जी शेर्पा ४ सय ५७, प्रेमबहादुर लामा ४ सय ५१, सनम शेर्पा ४ सय ४४ र ठाकुरप्रसाद सापकोटाले ४ सय ३८ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।

सदस्यहरुमा सुवेदी समूहबाट सिम्बिर घले, सनम शेर्पा, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन् भने थापा समूहबाट रामबहादुर गुरुङ, प्रेमबहादुर लामा, ङिमा दिकी शेर्पा, ठाकुर सापकोटा र मिङ्मा तेन्जी शेर्पा रहेका छन् ।

कुल १३ सय १९ मतदाता सदस्य रहेकोमा ९ सय ८१ मत खसेको थियो । टान निर्वाचनले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार